कीवर्डहरू -

लुम्बिनी प्रदेशले आफ्नै डाटा सेन्टर बनाउने, डिजिटल प्रदेशका लागि गुरूयोजना तयार गर्ने 

लुम्बिनी प्रदेशले आफ्नै डाटा सेन्टर बनाउने, डिजिटल प्रदेशका लागि गुरूयोजना तयार गर्ने 

लुम्बिनी प्रदेशले आफ्नै डाटा सेन्टर बनाउने भएको भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले डाटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने बताएका हुन् ।

डिजिटल प्रदेश बनाउने अभियानलाई अगाडि बढाउन सूचना प्रविधि नीति तथा डिजिटल प्रदेश गुरूयोजना तयार गर्नका साथै प्रदेश सरकार अन्तर्गतका निकायहरूको सूचना तथा तथ्यांकहरूको विद्युतीय अभिलेखीकरण एवं सोको सुरक्षाका लागि डाटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइने बताए ।

त्यसका लागि सरकारले ५ करोड रूपैयाँ विनियोजन गरेको छ । त्यस्तै प्रदेशका सबै निकायहरूको सूचना तथा अभिलेख हेर्न एउटै मोबाइल एप ल्याइने छ ।

अस्पताल, बसपार्क, रिफ्रेस सेन्टर, धार्मिक स्थल लगायत मानिसको भेला हुने सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने समेत बजेटमा उल्लेख गरिएको छ ।

साथै रोजगारदाताको लागि जनशक्तिको आवश्यकता तथा बेरोजगारहरूलाई रोजगारीको आवश्यकता बिचको सम्पर्क प्लेटफर्मको रूपमा मोबाइल एप तयार गरी सञ्चालनमा ल्याइने छ ।