कीवर्डहरू -

बागमती प्रदेशको यातायात कार्यालयका अभिलेखलाई डिजिटाइज गरिने

बागमती प्रदेशको यातायात कार्यालयका अभिलेखलाई डिजिटाइज गरिने

बागमती प्रदेशले यातायात कार्यालयमा रहेका अभिलेखलाई डिजिटाइज गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले सवारी अभिलेखलाई डिजिटाइजेसन गर्ने बताएका हुन् ।

यातायात कार्यालयमा रहेका अभिलेखहरूलाई डिजिटाइजेसन गरी व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माणका लागि ७ करोड रूपैयाँ विनियोजना भएको जानकारी दिए ।

बागमती प्रदेशका यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरू क्रमशः विद्युतीय प्रणालीबाट प्रवाह गर्न सफ्टवेयर निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

त्यस्तै सवारी भाडा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाइने छ । विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन प्रदेशका मुख्य शहर र राजमार्गहरूमा चार्जिङ स्टेशन लगायतका पूर्वाधारहरू निर्माण गर्न संघीय सरकार र नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने बजेमा उल्लेख गरिएको छ ।