कीवर्डहरू -

सिटिजन्स बैंकको वेबसाइटबाटै अब १० बढी सेवा पाइने

सिटिजन्स बैंकको वेबसाइटबाटै अब १० बढी सेवा पाइने

डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्फत विभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ ।

प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरो शेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्युआर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।

वेबसाइट मार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशन/बन्द गर्न/पासवर्ड रिसेट, मेरो शेयरको रजिष्ट्रेशन/नविकरण/पासवर्ड रिसेट, सिआरएन नम्बर दर्ता तथा जानकारी, क्युआर कोडको दर्ता/ पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन् ।

यी सबै सेवाहरु बैंकको वेबसाइट मार्फत Smart Services वा https://servicerequests.ctznbank.com/ मा गएर प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ ।

वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरी सकेको छ ।