ओप्पोको पहिलो फोल्डेबल फोन फाईन्ड एनमा एण्ड्रोइड १३ बेटा प्रयोग गर्न सकिने भएको छ । ओप्पोको कलर ओएस अपरेटिङ सिस्टममा आधारित एण्ड्रोइड १३ बिटाको डेभलपर प्रिभ्यु अब चीनका फाइन्ड एन प्रयोगकर्ताहरुका लागि डाउनलोड गर्न सक्ने छन् ।
फाइन्ड एन सँगसँगै, एण्ड्रोइड १३ बेटा ओप्पो फाईन्ड एकस प्रो फ्लाशिप स्मार्टफोनका विश्वव्यापी प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ओप्पोका प्रमुख उत्पादन अधिकृत पिट लाउले गुगलसँग मिलरे काम गर्दै अत्याधुनिक हार्डवेयरको संयोजन र बढ्दो बजारमा अतुलनीय सफ्टवेयर अनुभव प्रदान गर्न पाउँदा गर्व लागेको बताए ।
ओप्पो फाईन्ड एनमा रहेको एण्ड्रोइड १३ बिटाले मल्टीटास्किङ र समग्र अनुभवको दक्षता हेरेर थप सुधार गर्न ठूलो डिस्प्लेको लागि अनुकुल नयाँ सुविधाहरुको दायरा समावेश गर्दछ ।