देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नु उपराष्ट्रपति नन्द बहादुर पुनले बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभ २०२२ उद्घाटन शत्रमा बोल्दै पुनले देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।
वर्तमान युग सूचना प्रविधि र डिजिटल भएको र यो दैनिक जीवनको महत्वपूर्ण पाटो भइसकेको बताए । थ्रिजी सेवा सुरू गर्ने नेपाल दक्षिण एशियामै पहिलो देशको भएको समेत उनले स्मरण गराए ।
‘सम्वृद्ध मुलुकले कुनै न कुनै खालको विज्ञान र प्रविधिको आविष्कार गरेका छन्,’ पुनले भने, ‘विज्ञान प्रविधिको आविष्कार गर्न नसकेका मुलुकहरू विकसित भएका छैनन् ।’
मुलुकलाई सम्वृद्धितर्फ लैजान विज्ञान र प्रविधिको प्रयोगलाई जोड दिनुपर्ने उनको भनाइ छ । बिगतका क्रान्तिमा हुन नसकेको क्रान्ति २१ औं शताब्दीको सूचना प्रविधिले सम्भव बनाउँदै लगेको बताए । डिजिटल रूपान्तरण भनेको विकास र सम्वृद्धि पनि भएको उनको धारणा छ ।