कीवर्डहरू -

डिजिटल नेपालको सपना साकार पार्न डिजिटल नेपाल कन्क्लेभ महत्वपूर्ण हुनेछः सञ्चारमन्त्री कार्की

डिजिटल नेपालको सपना साकार पार्न डिजिटल नेपाल कन्क्लेभ महत्वपूर्ण हुनेछः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल नेपालको सपना साकार पार्न डिजिटल नेपाल कन्क्लेभ महत्वपूर्ण हुने बताएका छन् ।

शनिबारदेखि द सोल्टी काठमाडौंमा सुरू भएको डिजिटल नेपाल कन्क्लेभ २०२२ मा विशिष्ट अतिथि समेत रहेका कार्कीले यस्तो बताएका हुन् ।

‘हामी कहाँ छौं, हाम्रो समस्या कहाँ छ । त्यसको समाधानका लागि हामी के गर्न सक्छौं र अबको हाम्रो बाटो के हो । त्यो बाटोमा पुग्न हामीले के प्रयत्न गर्नुपर्छ ।  सरकारको तर्फबाट के प्रत्यन गर्नुपर्छ । निजी क्षेत्रले के प्रत्यत्न गर्नुपर्छ । विज्ञहरूले के प्रयत्न गर्नुपर्दछ,’ उनले कार्यक्रममा भने, ‘त्यसको बारेमा २ दिनसम्म चल्ने यो कन्क्लेभले एउटा बाटो देखाउने छ विश्वास लिएको छु ।’

डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि आवश्य नीतिगत, कानुनी, प्राविधिक तथा संरचनागत व्यवस्था गर्दै लगिएको बताए । सूचना प्रविधि युक्त राष्ट्र बनाउन सरकारका कार्यक्रम लक्षित रहेको कार्कीको भनाइ छ ।

सूचना प्रविधिको समयानुकल विकास गरी २ वर्षभित्र कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको उनले जानकारी दिए । प्रदेशले पनि डिजिटल प्रदेश बनाउन बजेटमा प्राथमिकता दिएको उनले बताए ।