कीवर्डहरू -

नेपालमा भिभो वाई ५५ स्मार्टफोन सार्वजनिक हुँदै

नेपालमा भिभो वाई ५५ स्मार्टफोन सार्वजनिक हुँदै

स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई ५५ असार ११ गते नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । वाई ५५ मा ५००० एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिने कम्पनीले जनाएको छ ।

यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प सक्ने कम्पनीको विश्वास छ ।

शक्तिशाली पर्फमेन्शका लागि वाई ५५ मा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ ।

यसले बहु–कार्यलाई सजिलो बनाउनेछ । यसबाहेक, यस उपकरणलाई थप उपयुक्त बनाउन, भिभोले रियर फिंगरप्रिन्ट स्क्यानरको सट्टा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ ।

यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र रुप–रंग बढाउँछ र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फोनमा ५० एमपी एचडी रियर क्यामेरा तथा १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ, जसबाट आर्कषक फोटोहरु लिन सकिन्छ । साथै यसले फोटोग्राफीको अनुभवलाई वृद्धि गर्नेछ । यो फोनको मूल्य भने सार्वजनिक भएको छैन् ।