कीवर्डहरू -

भायानेटको ‘गुड विथ इन्टरनेट’ अभियान

भायानेटको ‘गुड विथ इन्टरनेट’ अभियान

भायानेट कम्युनिकेसनले सामाजिक दायित्व अन्तर्गत 'गुड विथ इन्टरनेट' अभियान यो वर्ष पनि जारी राखेको छ ।

यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरिएको कम्पनीको भनाइ छ।

अभियानको दोस्रो वर्षमा कम्पनीले राजधानीका  १५ विपन्न परिवारलाई सहयोग गरेको छ । आगामी वर्षहरूमा यस्ता धेरै परिवारहरूलाई मद्दत गर्ने योजना बनाएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ।