कीवर्डहरू -

नेपाल सैनिक जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता, सैनीकका सन्ततीलाई कर्जा उपलब्ध

नेपाल सैनिक जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता, सैनीकका सन्ततीलाई कर्जा उपलब्ध

काठमाडौं । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएका हो ।

सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्पmबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्पन्न सम्झौता बमोजिम नेपाल सैनिक जंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनमा आउनेछ ।

उक्त सुविधा कार्यान्वयनमा आएसँगै सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।

यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम २५ लाख रुपैयाँ सम्मको हुनेछ ।

यो शैक्षिक कर्जा सुविधा प्रभु बैंकको बबरमहलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विद्यार्थिलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झण्झटरहित तबरले प्राथमिकताका साथ उपलब्ध हुनेछ ।