कीवर्डहरू -

क्लोज्ड क्याप्सन टगल ट्वीटरको दुवै एन्ड्रोइड र आईओएस एपमा सार्वजनिक

क्लोज्ड क्याप्सन टगल ट्वीटरको दुवै एन्ड्रोइड र आईओएस एपमा सार्वजनिक

ट्वीटरले आफ्नो क्लोज्ड क्याप्सन टगल दुवै एन्ड्रोइड र आईओएस एपमा सार्वजनिक गरेको छ । यसले मोबाइल डिभाइसमा क्लोजड क्याप्सनलाई अन र अफ गर्न दिनेछ ।

केही महिना अघि एपले यो फिचरको जाँच गर्न सुरु गरेको थियो । क्यापसन भएको भिडियो आएमा भिडियोको माथिल्लो भागमा सीसी लेखेर आउनेछ । यसलाई थिचेर सबटाइटल अन वा अफ गर्न सकिन्छ ।

भिडियोको स्क्रीन फूल बनाएमा क्याप्सन आफै हराउने गर्दछ । आवाज आउन थालेकाले क्यापसन आफै अफ हुने कम्पनीले जनाएको छ ।