कीवर्डहरू -

डिजिटल नेपाल कनक्लेभमा ह्वावेको ‘लाइटिङ अप द फ्यूचर’ प्रदर्शनी

डिजिटल नेपाल कनक्लेभमा ह्वावेको ‘लाइटिङ अप द फ्यूचर’ प्रदर्शनी

आइसिटी फाउन्डेसन नेपाल र ह्वावे द्वारा संयुक्त रूपमा आयोजित ह्वावे डिजिटल नेपाल कनक्लेभमा आफ्नो ‘लाइटिङ अप द फ्यूचर’ प्रदर्शनी सम्पन्न भएको छ ।

२ दिने प्रदर्शनीमा सरकार, दूरसञ्चार र समग्र आइसिटी क्षेत्रका ६०० भन्दा बढी अतिथिहरुले अवलोकन गरेका थिए ।

उक्त प्रदर्शनीलाई नेपालका माननिय उपराष्ट्रपति नन्दकिशोर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्रीका माननीय सचिव वैकुण्ठ अर्याल, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगायत सरकारका विशिष्ट व्यक्तित्वहरुले अवलोकन गरेका थिए ।

आईसिटी प्रविधिको विश्वव्यापी अडप्सन र गिगाभर्स नेटवर्कहरू, नेटवर्क फर क्लाउड, ग्रीन आईसिटी, फाइभ जी  र यसको प्रयोगका केसहरू, ह्वावेको पब्लिक र हाइब्रिड क्लाउड सोलुसन र ह्वावेको डेटा सेन्टर सोलुसन प्रस्तुतीकरणहरूसित यो आउँदो दशक कस्तो देखिन्छ भन्ने कुरा प्रदर्शनीमा ह्वावेको इन्टेलिजेन्ट र्वल्ड २०३० को भिजन प्रस्तुत भएको  थियो ।

कनक्लेभमा ह्वावेका ग्लोबल पब्लिक सर्भिस इन्डस्ट्री विशेषज्ञ प्याट्रिक लाओले दिगो वृद्धि हासिल गर्नको लागि डिजिटल रूपान्तरण र प्रयोगकर्ता–केन्द्रितताको आवश्यकता बारे कुरा गरेका थिए ।

उनले ह्वावेको “इन्टेलिजेन्ट–टुइन आर्किटेक्चर” कसरी डिजिटल रूपान्तरणको लागि सक्षमकर्ता हो, भनेर प्रदर्शन गर्नुभयो । ह्वावेको “इन्टेलिजेन्ट–टुइन आर्किटेक्चर” क्लाउड प्लस एआईसोलुसन हो, जसले इनोभेटिभ एप्लिकेसनहरूलाई समर्थन गर्न क्लाउड, नेटवर्क, एज र उपकरण मार्फत बनेको सही पूर्वाधारमा जोड दिन्छ ।

ह्वावे डिजिटल नेपाल कनक्लेभ उद्घाटन समारोहमा आयोजित विशेष मन्तव्यमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले आर्थिक विकासमा आईसिटीको भूमिकालाई उजागर गर्नुभएको थियो । उनले “डिजिटल अर्थतन्त्रले महामारीपछिको रिकभरीलाई इन्धन दिने बताए ।

२०२० मा विश्वका जिडिपीे २.८ प्रतिशतले घट्यो तर आइसिटी लगानी ५ प्रतिशत ले बढ्यो । सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ ।

डेटा स्टोरेजको लोकलाइजेसन प्रवृत्तिका बारेमा बोल्दै उनले भने, “नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डेटा सेन्टर हुनु अहिलेको आवश्यकता हो । यो नेपाली नागरिकको तथ्यांक सङ्कलन र संरक्षण मात्र होइन, एकीकृत सरकारी सेवाहरू उपलब्ध गराउन र साँच्चै डिजिटल नेपालको आधारशिलाको रूपमा काम गर्न आवश्यक छ ।”

उनले नेपालको डिजिटल रूपान्तरणको सम्भावनालाई साकार पार्न विश्वव्यापी र गुणस्तरीय ब्रोडब्यान्ड कभरेजको आवश्यकतालाई पनि जोड दिए ।