पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ मा नेपालका दुई टोली ट्रेन्ड टु किल र ज्यानमारा क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
पब्जी मेबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ को लागि दक्षिण एसियाभरका पब्जी मेबाइल टोलीहरूले १५०,००० डलरको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।
चार दिनको प्रतिस्पर्धामा मंगोलियाको स्टाल्वार्ट ईस्पोर्ट्स विजयी भएको थियो भने नेपालका दुई टोली ट्रेन्ड टु किल र ज्यानमारा क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
२०२२ को पीएमपीएल साउथ एसिया च्याम्पियनसिप स्प्रिङमा पीएमपीएल दक्षिण एसिया र पीएमपीएल पाकिस्तानबाट छानिएका उत्कृष्ट टोलीहरु सहभागी थिए ।
सो प्रतियोगितका लागि छनोट भएका १० टोलीमा मंगोलियाका स्टालवार्ट ईस्पोर्ट्स,आईएचसी ईस्पोर्ट्स र सिल ईस्पोर्ट्स, नेपालबाट डेडआइज गाइज, ट्रेन्ड टु किल, ज्यानमारा,स्काइलाइटज् गेमिङ,डीआरएस गेमिङ र हाई भोल्टेज तथा दक्षिण एसियाको बाँकी भागबाट फ्यान्टम एस्पोर्ट रहेका थिए ।
पीएमपीएल पाकिस्तानबाट ५२एक्सरेज, टिम टफ, साल्टसी८ ईस्पोर्ट्स, द ग्राउण्डर्स, आर३जीसाइड र फ्री स्टाइल सहभागी थिए ।
२०२२ पीएमपीएल दक्षिण एशिया च्याम्पियनसिप स्प्रिङमा चार दिनको दौरानमा २४वटा म्याचहरु भएका थिए । स्टाल्वार्ट ईस्पोर्ट्सले कुल ५० अ्रक प्राप्त गर्दै च्याम्पिपयन भएको थियो भने ट्रेन्ड टु किलले अन्तिम म्याचमा दोस्रो बन्न सफल भएको थियो । यस्तै ज्यानमाराले तेस्रो स्थान हासिल गर्यो भने आई८ ईस्पोर्टस् र सील ईस्पोर्टसले क्रमशः चौथो र पाँचौं स्थान हासिल गरे ।
सो प्रतिस्पर्धा दक्षिण एसियाका प्रतिस्पर्धी रहेका सबै क्षेत्रहरूमा प्रसारित गरिएको थियो । खेलाडीहरूलाई त्यसले साँच्चै नै अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको थियो ।
प्रसारणहरू पब्जी मोबाइल साउथ एसियाका सोसल मिडियाका साथसाथै टोलीहरूको आ-आफ्ना सोसल मिडिया प्लेटफर्महरूमा पनि स्ट्रिम गरिएको थियो ।
ईस्पोर्ट्स ब्रोडकास्ट मोडलमा आधारित प्रसारण हेर्नका लागि सबैलाई निशुल्क थियो र दर्शकहरुलाई उत्साहित बनाउन मनोरञ्जनात्मक खण्डहरु पनि समावेश गरिएको थियो ।
प्रतियोगित संचालन भइरहँदा चार देशका सेलिब्रेटीहरूले लाइभ उपस्थित भएर कसले लिडरबोर्डमा शीर्ष स्थानमा पुग्ने भनेर आफ्नो विचार राखेका थिए।
आफ्नो भविष्यवाणी गलत भए उनीहरुले स्ट्रिममा लोकप्रिय पब्जी मोबाइल नृत्यहरू देखाएका थिए । दर्शकहरुले अभिनेत्री रियाशा दाहाल, मंगोलियाका नायक बयार्बत मिशिग्दोर्ज, श्रीलंकाकी अभिनेत्री शानुद्री प्रियासाद र पाकिस्तानकी प्रतिभाशाली भोला रेकर्ड र मथिराको नृत्य हेर्ने मौका पाए ।
यो क्षेत्रको सबैभन्दा ठूलो ईस्पोर्ट्स शीर्षकहरू मध्ये एकको रूपमा रहेको पब्जी मोबाइल दक्षिण एसियामा ईस्पोर्ट्सको हालैको वृद्धिको पछाडि बलियो कारक भएको छ । ब्याटल-रोयाल गेममा दैनिक लाखौं खेलाडीहरू अस्तित्व र युद्ध रणनीतिलाई सन्तुलन राखेर अद्वितीय खेल मेकानिक्सलाई अँगालेर प्रतिस्पर्धा गर्छन् ।
पब्जी मोबाइल ईस्पोर्टसले स्मार्ट टेक्नोलोजीको विकास तथा खेलको अनुभवलाई अद्वितिय बनाउन लागिपरेको ओप्पोसँगको आफ्नो सहकार्य कायमै राखेको छ । ओप्पोको एफ सिरिजसँग थप अद्भुत क्रियाकलापहरु सार्वजनिक हुनेछ ।
पब्जी मोबाइल प्लोयरअननोन्स ब्याटलग्राउण्ड्समा आधारित छ । सन् २०१७ यता यसले विश्वमा अन्तक्रियात्मक मनोरञ्जनात्मक माध्यमबाट आफूलाई स्थापित गरेको छ । यस खेलमा १०० जना खेलाडीहरु प्यारासुटमार्फत एउटा टापुमा ल्याण्ड गर्छन् र सबैलाई पराजित गर्छन् ।
खेलाडीहरुले आफ्नो लागि उपयुक्त हतियार, गाडी लगायतका आवश्यक सामाग्री आफैं खोज्नुपर्ने हुन्छ । साथै, समयसँगै घट्दै जाने खेल क्षेत्रमा रणनीतिक हिसाबमा सबै प्रतिस्पर्धीलाई हराउनुपर्ने हुन्छ । थप जानकारीका लागि कृपया पब्जी मोबाइलको फेसबुक, ट्विटर तथा युट्युब अकाउन्ट हेर्नुहोला ।