कीवर्डहरू -

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपमा नेपालपे क्युआर उपलब्ध

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपमा नेपालपे क्युआर उपलब्ध

कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृत गरेको छ ।

बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई आफ्नो मोबाइल बैंकिङको क्युआर स्क्यान गरेर सिधैं रकम भुक्तानी गर्न मिल्ने गरी एप अपडेट गरेको हो ।

यससँगै कामना सेवा विकास बैंक नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको जनाइएको छ ।

यो सहकार्यसँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध क्युआर पेमेन्ट प्रयोग गरी नेपाल पे क्युआरका मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सक्नेछन् ।