महिनावारी ट्रयाक गर्ने एप फ्लोले एनोनिमस मोडको फिचर सार्वजनिक गर्ने भएको छ । अमेरिकाको सर्वोच्च अदालतले महिलाहरूले गर्भपतन गर्न पाउने अधिकार खोसिदिएपछि फ्लोले एनोनोमस मोडको फिचर सार्वजनिक गरेको हो ।
प्रयोगकर्ताहरुको गोपनीयता बचाउँन र महिलाको आफ्नो शरीर माथिको अधिकार खोसिएको निर्णय विरुद्ध उठ्नका लागि फ्लोले यो फिचर सार्वजनिक गरेको हो ।
यो फिचर कस्तो किसिमको हुनेछबारे केही पनि जानकारी रहेको छैन् । महिनावारी ट्रयाक गर्ने एपको डेटा प्रयोग गरेर कसले गर्भपतन गर्न खोजेको छ भन्ने कुरा थाहापाउने हुन्दा फ्लोले यो उपाय छानेको हो ।