कीवर्डहरू -

ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा आवदेन दिने अन्तिम दिन आज, यसरी दिनुहोस् आवेदन

ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा आवदेन दिने अन्तिम दिन आज, यसरी दिनुहोस् आवेदन

काठमाडौं । ह्वावेको ग्लोबल फ्लयागसिप सीएसआर कार्यक्रम ‘सिड्स फर द फ्युचर’का लागि आईतबार अर्थात आज राती १२ बजेसम्म आवेदन दिन सकिने भएको छ ।

सूचना प्रविधिका विभिन्न विषयमा स्नातक स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी ह्वावे नेपालमा यस कार्यक्रमको दोस्रो संस्करण सुरु गरेको हो । यसअघि गत वर्ष पनि ह्वावले सिड्स फर द फ्युचर कार्यक्रम आयोजना गरी उत्कृष्ट २० विद्यार्थी छनौट गरेको थियो ।

छनौट हुने विद्यार्थीहारुले ह्वावेको ८ दिने अन्तरक्रियात्मक अनलाइन अनुभव र नेपालमा आईसीटी उद्योगमा फर्स्ट ह्यान्ड एक्सपेरियन्स प्राप्त गर्न सक्ने छन् । साथै बैंकक स्थित ह्वावेको क्षेत्रीय अनसाइट कार्यक्रममा बसेर अन्तराष्ट्र्रिय विद्यार्थीहरुसँग पृथक सिकाई अनुभव प्राप्त गर्न सक्ने छन् ।

डिजिटल प्रतिभाको ईकोसिस्टमको विकास गर्ने उद्देश्यले ह्वावेले सिड्स फर द फ्युचर कार्यक्रमको सुरुवात सन् २००८ मा थाईल्याण्डदेखि गरेको थियो । त्यसयता यस कार्यक्रममा १३० देश र क्षेत्रका ९ हजारभन्दा धेरै विद्यार्थीहरु सहभागी भईसकेका छन् ।

डिजिटल ट्यालेन्टहरुलाई डिजिटल नेतृत्व र उद्यमशिलतामार्फत विश्व बदल्न प्रेरित गर्ने यस कार्यक्रमको उदेश्य रहेको आयोजक ह्वावेले बताएको छ । यस कार्यक्रममा सहभागी हुन् www.seedsnepal.com मा गएर आवेदन दिन सकिने छ ।