कीवर्डहरू -

रोबोटिक्स, एआई, थ्रिडी प्रिन्टिङ, ड्रोन सम्बन्धि ११ दिने वर्कशप सम्पन्न

रोबोटिक्स, एआई, थ्रिडी प्रिन्टिङ, ड्रोन सम्बन्धि ११ दिने वर्कशप सम्पन्न

एष्ट्रोनोभा फाउन्डेसन, फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलाजी र एस्ट्रोबोटक नेपालको सहकार्यमा हेटौडाको तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी कलेजमा ११ दिने वर्कशप सम्पन्न भएको छ ।

वर्कशपमा रोबोटिक्स, थ्रिडी प्रिन्टिङ, ड्रोन, एआई, डेटा सेक्युरिटी, सोलार अवजर्भेसन, लुनार अबजर्भेसन, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन लगायतका विषय सिकाइएको थियो ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेश सामाजिक विकास मन्त्री  कुमारी मोक्तानको सहभागीता थियो ।

त्यस्तै तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी कलेजका फाउन्डर दिपक काफ्ले, मनोज कुमार यादव, गुल्मपती अमृत खड्का, फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी प्रा.लिका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारी र सिइओ ई.विक्कि महत, सिटिओ पवन प्रसाद भट्ट , एस्ट्रोबोटक नेपालका अध्यक्ष ई. उपेन्द्र ढुङ्गाना,  डिकम माइक्रोसिस्टम प्रा.लि.का अध्यक्ष प्रकाश विष्ट र नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य बलराम पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रम समारोहलाई सम्बोधन गर्दै मन्त्री मौत्तानले विज्ञान र प्रविधिको क्षेत्रमा इच्छा राख्ने विद्यार्थीहरु लक्षित कार्यशाला आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद दिइन् ।

बागमती प्रदेश सरकारले पनि २०७९÷०८० आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि युवा बैज्ञानिकहरुको लागि विभिन्न अनुसन्धानको लागि बजेट छुट्याएको जानकारी गराइन् ।

समापन कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई विभिन्न विद्याका पुरस्कार समेत प्रदान गरिएको थियो । ११ दिने कार्यक्रममा फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलाजी प्रालि र एस्ट्रोबोटक नेपाल प्रालिले प्रशिक्षण दिएका थिए ।