कीवर्डहरू -

एप्पलको पछिल्लो मिक्स्ड रियालिटीमा एमटू चिप प्रयोग गरिने

एप्पलको पछिल्लो मिक्स्ड रियालिटीमा एमटू चिप प्रयोग गरिने

एप्पलको पछिल्लो मिक्स्ड रियालिटीमा एमटू चिप प्रयोग गरिने भएको छ । योसँगै मिक्स्ड रियालिटीमा १६ जिबी र्याम पनि हुनेछ । आगामी वर्षमा एप्पलले होमपड स्पीकर पनि सार्वजनिक गर्ने जनाएको छ ।

एप्पल विश्लेषक मिङ चि कुओको अनुसार अगमेन्टेड र भर्चुअल रियालिटी भएको मिक्स्ड रियालिटीमा एमटू चिप मात्रै नभएर अर्काे लो एण्डको प्रोसेसर पनि हुनेछ ।

अहिलेसम्म मिक्स्ड रियालिटीको हल्लामात्रै रहेको थियो तर अब भने यो साँच्चिकै सार्वजनिक हुने भएको छ । अगमेन्टेड र भर्चुअल रियालिटीको धेरै क्षेत्रफल रहेकाले एप्पलले यसमा काम गर्न थालेको हो ।