कीवर्डहरू -

एनआईसी एशिया बैंकको एपबाट जहाजको टिकट काट्दा २० प्रतिशत क्यासब्याक

एनआईसी एशिया बैंकको एपबाट जहाजको टिकट काट्दा २० प्रतिशत क्यासब्याक

एनआइसी एशिया बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनका लागि मोबाइल बैंकिङ एपमार्फत हवाई टिकट काट्दा २० प्रतिशतसम्म क्यासब्याक दिने भएको छ ।

बैंकले आइतबारदेखि असार १८ गतेसम्मका लागि यो योजना ल्याएको हो। एनआइसी एसिया मोबैंकमार्फत टिकट खरीद गर्दा यो क्यासब्याक पाइने बैंकले जनाएको छ ।

बैकका अनुसार एपमार्फत पहिलो टिकट बुकिङमा पाँच सय अधिकतम र दोस्रो पटकबाट सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ ।

बैंकले एपबाट निक्षेप खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाईन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, आइपिओ आवेदन लगायतका सुविधाहरू दिएको छ ।