कीवर्डहरू -

सेञ्चुरी बैंकको हाइब्रिड बचत खाता, मोबाइल बैंकिङदेखि एटीएमसम्म निःशुल्क

सेञ्चुरी बैंकको हाइब्रिड बचत खाता, मोबाइल बैंकिङदेखि एटीएमसम्म निःशुल्क

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरूले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन् ।

सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता न्यूनतम १ लाख रूपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरूलाई भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ ।

यस खातामा विभिन्न सेवाहरू विना कुनै सर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्पूर्ण शाखाहरूबाट खोल्न सकिनेछ ।