कीवर्डहरू -

धुलिखेलमा साथीमार्टको १०५ औं शाखा, अनलाइनबाट पनि अर्डर गर्न सकिने

धुलिखेलमा साथीमार्टको १०५ औं शाखा, अनलाइनबाट पनि अर्डर गर्न सकिने

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट धुलिखेल, श्रीखण्डपुरमा सञ्चालनमा आएको छ ।

कृषि व्यवसायमा समेत आवद्ध रहेका राकेश श्रेष्ठले धुलिखेलमा साथीमार्टको फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएका हुन् ।

‘लामो समयदेखि कृषि व्यवसायमा आवद्ध भइसक्दा रिटेल सेक्टरमा पनि इच्छा जागेको र साथीमार्टको बारेमा थाहा पाएपछि लोकल लेभलमा स्मार्ट शपिङको अनुभव दिने निणर्य गरेको हुँ,’ श्रेष्ठ भन्छन् ‘समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने कुरामा विश्वस्त छु । साथै लोकल लेभलमा ग्रोसरी शपिङदेखि सम्पुर्ण घरायसी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने मेरो विश्वास छ ।’

उक्त आउटलेटको उद्घाटन धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जु (श्रेष्ठ)ले गरेका हुन् । उद्घाटनकै क्रममा उनले साथीमार्टलाई धन्यवाद व्यक्त गर्दै भने ‘धुलिखेल व्यापारिक थलोको रूपमा विकास हुँदै छ । साथीमार्टले थप टेवा पुर्‍याउनेमा विस्वस्त छु ।’

साथीमार्ट ओटुओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।