लामो समय देखि साइबर सुरक्षामा काम गर्दै आएको कम्पनी भैरव टेक्नोलोजीले क्लाउडमा आधारित सेक्युरिटी अपरेसन सेन्टर ‘ट्रिडेन्ट’ सार्वजनिक गर्ने घोषणा गरेको छ ।
साइबर सुरक्षालाई महत्व दिने हर एक कम्पनीका लागि यो प्रडक्ट लाभदायी हुने कम्पनीको भनाइ छ । यसमा नवीन किसिमको सुरक्षा कन्ट्रोल र मनिटर, डिटेक्ट र रिस्पोन्ड गर्नका लागि प्रणली हुनेछ ।
भैरव टेक्नोलोजीका सिईओ बिजय लिम्बुलेले पछिल्लो समय नेपालमा पनि विभिन्न महत्वपूर्ण क्षेत्रहरुमा साइबर आक्रमण बढ्दै गईरहेको समयमा ट्रिडेन्टले सुरक्षाको पूर्वाधार विकास गर्न एकदमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
ट्रिडेन्ट प्रयोग गर्दा २४ सै घण्टा सातै दिन आईटी टिमले तपाईको संस्थाको सुरक्षाबारे निगरानी गरिरहने पनि कम्पनीले बताएको छ । किफायती मूल्यमा यो एक राम्रो सेवा रहेको पनि लिम्बुले बताए ।