शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कारखाना प्रालिको संयुक्त आयोजना तथा नेपाली सेना, युनेस्को, नास्ट लगायतका संस्थाको सहयोगमा भएको राष्ट्रियस्तरको कार्यक्रम भविष्य नामक नेश्नल स्टिम च्यालेन्ज प्रतियोगिता सम्पन्न भएको छ ।
गत फागुन ११ गते कारखाना परिसर आयोजित सो च्यालेन्ज ८ देखि १५ उमेर समूहका विद्यार्थीका लक्षित थियो ।
ति विद्यार्थीलाई सामूहिक प्रयासद्धारा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित बीचको अन्तरसम्बन्ध र कल्पनाशीलताको प्रयोगबाट समस्याको समाधान गर्न उत्प्रेरित गर्ने मुख्य उद्धेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी विद्यार्थीको समूहले दिइएको निश्चित समयावधिभित्र कुनै एउटा विधामार्फत् आफ्नो डिजाइन प्रदर्शन गरेका थिए ।
Solve विधामा विद्यार्थीले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको १७ ओटा लक्ष्यले निर्दिष्ट गरेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर प्रदर्शनी देखाएका थिए ।
हरेक प्रदर्शनीहरुको मूल्याकंन विज्ञहरुको स्वतन्त्र निर्णायक मण्डललबाट गरिएको आयोजकले बताएको छ ।
यसैबीच विभिन्न विधाका विजयीहरुको घोषणा गरिएको छ ।