कीवर्डहरू -

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने भएको छ । यसका गूगलले आफ्नो पासवर्ड म्यानेजरमा अपग्रेड गरिरहेको छ ।

नयाँ अपग्रेडसँगै गूगलको पासवर्ड म्यानेजर अझ बढी सुरक्षित हुने कम्पनीको भनाइ छ । गूगलले एन्ड्रोइड र क्रोममा एकैखालको फिचरहरु दिएर एकै किसिमको अनुभव दिन चाहेको छ । पासवर्ड म्यानेजरले एकै किसिमको साईट र एपमा पासवर्डलाई स्वायत्त रुपमासँगै ग्रुप गरिदिने छ ।

अब तपाईले पासवर्ड म्यानेजरमा सिधैं गएर पनि पासवर्ड हाल्न सक्नुहुनेछ । अकाउन्ट लग इन गर्दा पहिले पनि पासवर्ड सेभ गर्न मिल्ने गर्दथ्यो भने अब लग इन नगर्दा पनि पासवर्ड सेभ गर्न मिल्ने भएको छ ।

बायोमेट्रिक भेरिफिकेसन फिचर प्रयोग गरेर पनि पासवर्ड सेभ गर्न सकिने छ । सहज किसिमको पासवर्ड प्रयोग गरेमा पनि एपले सर्तकको जानकारी समेत पठाउने छ ।