कीवर्डहरू -

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप अब खाता नहुनेले पनि प्रयोग गर्न सक्ने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप अब खाता नहुनेले पनि प्रयोग गर्न सक्ने

एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले एमपलाई स्तरोन्नति गरेको जनाएको छ ।

जसमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने बैंकले जनाएको छ । हालका मोबाइल बैंक प्रयोगकर्ताहरूले वर्तमान एपलाई अपडेट गरी  ओम्नीच्यानल एपस्तरोन्नति गर्न सक्नेछन् ।

स्तरोन्नति पश्चात् यस एपबाट नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्नी च्यानल मार्फत डिजिटल प्राप्त गर्न सकिने छ ।

बैंकमा खाता नहुनुले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने छ । यसबाट समेत क्युआर भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन सकिने छ । उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको छ ।