कीवर्डहरू -

६० हजारबाट सुरू भएको इन्फोडेभलपर्स २० औं वर्षमा प्रवेशः ३५० बढीलाई रोजगारी, करोडौंको कारोबार 

६० हजारबाट सुरू भएको इन्फोडेभलपर्स २० औं वर्षमा प्रवेशः ३५० बढीलाई रोजगारी, करोडौंको कारोबार 

सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स १९ वर्ष पूरा गरी २० औं वर्षमा  प्रवेश गरेको छ । २०५९ साल असार २१ गते स्थापना भएको इन्फोडेभलपर्सले नेपालको अग्रणी सूचना प्रविधि कम्पनी हो ।

एउटा कोठाबाट ६० हजार रुपैयाँको लगानीमा सुरु भएको कम्पनीले अहिले लाखौ मानिसलाई डिजिटल सेवासँग जोडिरहेको छ भने ३५० बढिलाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेको छ ।

सुरुवाती दिनमा सहकारी तथा माइक्रोफाइनान्सलाई प्राथमिकतामा राखेर काम गरेको कम्पनीले पछिल्लो समय आफ्नो दायरा फराकिलो बनाउँदै गएको छ ।

कम्पनीले माइक्रोफाइनान्स तथा सहकारीका लागि कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, मर्चेन्ट बैंकिङ सिस्टम विकास गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

विदेशी सफ्टवेयरहरुको दवदवा रहेको नेपालमा स्वदेशी प्रडक्टमाथि विश्वास दिलाउन कम्पनीको प्रयास र भुमिका उल्लेखनीय छ । वार्षिक ५० करोड रूपैयाँको कारोबार गर्ने इन्फोडेभलपर्सको सेवा नेपालमा मात्र होइन् भुटान, भारत तथा अमेरिकामा पनि विस्तार भएको छ ।

कम्पनीले अबको १ वर्षमा संस्थालाई पूर्ण डिजिटाइज गर्ने र १ अर्ब रूपैयाँको कम्पनी बनाउने लक्ष्य लिएको छ । त्यस्तै आगामी आर्थिक वर्षमा अनुसन्धान तथा विकासमा जोड दिने, नयाँ नयाँ प्रविधिमा लगानी गर्ने र दायरा अझै बढाउने कम्पनीको योजना छ ।