कीवर्डहरू -

हेलिकाेप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

हेलिकाेप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

ताप्लेजुङको खप्टेढुङ्गमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु निधन भएको छ । 

हेलिकोप्टर दुर्घटनामा परेकामध्ये छ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले समेत पुष्टि गरे ।

पाथीभरा दर्शन गरेका फर्किएका सँस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुनकुमार घिमिरे, नेपाल नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, इन्जिनियर धुब्रदास भोछिभया थिए भने हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । 

घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ ।