कीवर्डहरू -

लेइका क्यामेरासहित साओमी १२ एस अल्ट्रा सार्वजनिक

लेइका क्यामेरासहित साओमी १२ एस अल्ट्रा सार्वजनिक

१ इन्च सेन्सर भएको लेइका क्यामेरासहित साओमी १२ एस अल्ट्रा सार्वजनिक भएको छ । यो स्मार्टफोनमा एन्ड्रोइड १० प्रयोग गरिएको छ ।

यसमा स्नापड्रागन एट प्लस जेन १ प्रोसेसर राखिएको छ । स्मार्टफोनमा १ इन्चको सोनी आईएकएक्स ९८९ प्रमुख सेन्सर प्रयोग गरिएको छ । साओमी १२ एस अल्ट्रामा तीन ओटा रियर क्यामेरा रहेका छन् ।

यसमा ५०.३ मेगापिक्सेलको मेन क्यामेरा, ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र ४८ मेगापिक्सेलकै पेरिस्कोपिक क्यामेरा रहेको छ । यसमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि रहेको छ । फोनमा फासट चार्जिगं सिस्टम पनि उपलब्ध रहेको छ ।