राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार अन्तिम साता आउने जानकारी दिएको छ । नतिजा प्रकाशन हुने भएकाले विद्यार्थी, शिक्षक र अभिभावकहरु पनि निकै उत्साहित देखिएका छन् ।
नतिजा प्रकाशन हुनसाथ् पहिलो २४ घण्टामा हुने हतारो र सिस्टम भारले गर्दा समयमै आफ्नो नतिजा थाहा पाउन नसक्ने सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गर्दै नीमा एकेडेमी एपले एकदमै छिटो र सरल उपायबाट थाहा पाउने संयन्त्र बनाएको छ ।
विधार्थीले आफ्नो विवरण (जन्ममिति र सिम्बोल नम्बर) नीमा एकेडेमी एपमा दर्ता गराउनु पर्नेछ र नतिजा प्रकाशन हुनसाथ् आफै उनीहरुको मोबाईलमा नोटिफिकेसन जाने कुरा नीमा एकेडेमीका सीईओ निश्चल मान प्रधानले बताए ।
त्यसका लागि प्ले स्टोरमा निमा एकेडेमी एप
डाउनलोड
गर्नुहोस् । अनि साइन अप गर्नुहोस् वा एपमा लगइन गर्नुहोस् । त्यसपछि ‘एक्जाम रिजल्ट भ्यु’ खण्डमा जानुहोस् र आफ्नो जन्ममिति तथा सम्बोल नम्बर दर्ता गर्नुहोस् ।
यसो गरे पश्चात नतिजा प्रकाशन भएको केहि बेरमै नीमा एकेडेमी एपको माध्यमबाट परीक्षार्थीको मोबाईलमै नतिजा पुग्ने कम्पनीले जानकारी दिएको छ ।