एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्तगुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवहरुमा केन्द्रित हुदै निजीक्षेत्रबाट सञ्चालित बैंकहरूमध्ये देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ ।
यसै सिलसिलामा एनआईसी एशिया बैंकले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाइदिन बंंैकले आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरि Smart Taller संञ्चालनमा ल्याएको छ ।
यस Smart Teller मार्फत बैंकका ग्राहक महानुभावहरूले चेक विना नै आफ्नो Mobile Banking तथा Debit Card प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नेछन । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।