कीवर्डहरू -

डिशहोमको रिचार्ज गर्ने २ जना ग्राहकलाई एक-एक लाख नगद

डिशहोमको रिचार्ज गर्ने २ जना ग्राहकलाई एक-एक लाख नगद

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई रु एक/एक लाख वितरण गरिएको छ ।

पुरस्कार राशि डिशहोमका डिलर दाई स्ट्रोम नेटवर्कका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो ।

काठमाडौं बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेती र बत्तीसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक हप्ता गरिने लक्की ड्रमा रु एक/एक लाख जित्न सफल भएका थिए ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।