कीवर्डहरू -

चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क लिदैनौः इनड्राइभर

चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क लिदैनौः इनड्राइभर

चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क नलिने इनड्राइभरले जानकारी दिएको छ । पछिल्ला केही दिनमा चालक आईडी प्रमाणीकरण गर्दिने भनेर पैसा लिने घटना भएको भन्दै त्यसमा सचेत रहन इनड्राइभरले आग्रह गरेको हो ।

केही समययता केहि व्यक्तिहरूले आफु इनड्राइभरको कर्मचारी भएको बताउँदै चालक आईडी प्रमाणीकरण पूरा गर्दिन्छु भन्दै  चालकहरूसँग पैसा माग्ने गरेका छन् । त्यस्ता व्यक्ति वा तिनीहरूको मेसेजलाई विश्वास नगर्न समेत इनड्राइभरले आग्रह गरेको छ ।

‘हामी हाम्रा चालकहरूको आईडी प्रमाणीकरणको लागि कुनै पनि किसिमको शुल्क लिँदैनै,’ सूचनामा भनिएको छ, ‘ पछिल्ला केही हप्ताहरूमा दर्ताको लागि उच्च मात्रामा अनुरोध आएको कारण आईडी प्रमाणीकरण गर्न केही ढिलाइ भएको छ । हामी सकेसम्म चाँडो गर्ने प्रयास गरिरहेका छौं ।’