कीवर्डहरू -

३ लाख ५० हजार इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने साइटविरूद्ध मेटाको मुद्दा

३ लाख ५० हजार इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने साइटविरूद्ध मेटाको मुद्दा

मेटाले आफू जस्तै बनेर ३ लाख ५० हजार ओटा इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने साईटलाई मुद्दा हालेको छ । मेटाले यसै विषयलाई लिएर अक्टोपस नामक कम्पनी र इक्रेम एटेस नामक व्यक्तिलाई मुद्दा हालेको हो ।

अक्टोपस चिनियाँ बहुराष्ट्रिय कम्पनीको अमेरिकी सहायक कम्पनी हो । यस कम्पनीले विभिन्न कम्पनी र व्यक्तिहरुका लागि स्क्रेपिङ सेवा प्रदान गर्ने गर्दछ ।

अक्टोपसले सफ्टवेयर विक्री पनि गर्ने गर्दछ । मेटाको टर्म्स अफ सर्भिसलाई उल्लघंन गरेको भन्दै अक्टोपसविरूद्ध मेटाले मुद्दा हालेको हो ।