कीवर्डहरू -

जिमेलमा अफलाइन फिचर, यसरी पठाउनुहोस् इन्टरनेट नभएपनि इमेल

जिमेलमा अफलाइन फिचर, यसरी पठाउनुहोस् इन्टरनेट नभएपनि इमेल

जीमेलले प्रयोगकर्ताहरुका लागि अफलाइन मोड सार्वजनिक गरेको छ । यसले प्रयोगकर्ताहरुलाई इन्टरनेट बिनानै जिमेल पढ्न र पठाउन दिने गर्दछ । यो फिचर इन्टरनेट कनेक्सन धेरै राम्रो नभएको ठाउँमा एकदमै उपयोगी हुनेछ ।

यसका लागि प्रयोगकर्ता मेल डट गूगल डटकममा जानुपर्ने हुन्छ । जिमेलको अफलाइन फिचर क्रोममा चल्नेछ । यो फिचर क्रोम नर्मल मोडमा चलाएमा मात्रै चल्छ ।

यो फिचर सञ्चालन गर्नका लागि तपाईले इनेबल अफलाइन मेल चेक बक्समा जानुपर्छ । यसपछि गूगलले तपाईको डिभाइसमा कति स्टोरेज छ भनेर बताउने गर्दछ ।

यसपछि सेभ चेन्जेज भन्ने अप्सनमा क्लिक गर्नुपर्छ, जसले गर्दा तपाईको डिभाइसमा जिमेलको अफलाइन फिचर सुचारु हुन्छ ।