कीवर्डहरू -

डिपीजी रेजिष्ट्रीमा राहत समावेश, डिजिटल सामग्रीलाई प्रोत्साहन गर्ने

डिपीजी रेजिष्ट्रीमा राहत समावेश, डिजिटल सामग्रीलाई प्रोत्साहन गर्ने

रुम्सानले बनाएको राहत डिजिटल पब्लिक गूड्स एलायन्स डिपीजी रजिष्ट्रीमा राखिएको छ । राहत एक ओपन सोर्स ब्लकचेनमा आधारित क्यास तथा भौचर प्रदान गर्ने प्लेटफर्म हो ।

डिपीजी रेजिष्ट्रीले डिजिटल सामग्रीहरुलाई प्रोत्साहन गर्ने गर्दछ । डिपीजी रजिष्ट्रीले डिजिटल सामग्रीहरुलाई प्रवर्द्धन गर्न काम गर्ने गर्दछ । डिजिटल पब्लिक गूड हुनका लागि डिपीजी स्टयाण्डर्ड मिलेको हुनुपर्छ ।

राहतले राहत वितरणका लागि काम गर्ने गर्दछ र यो काम कम्पनीले डिजिटल टोकनको रुपमा गर्ने गर्दछ । राहतले पारदर्शी, प्रभावकारी र सस्तो तरिकाले पैसा र सामान बाँडने गर्दछ । राहत जिपिएल ओपन सोर्स लाइसेन्स अन्तर्गत सार्वजनिक गरिएको होे ।