कीवर्डहरू -

स्टार्टअप वर्ल्ड कप प्रतियोगितामा डिशहोमको सहभागिता

स्टार्टअप वर्ल्ड कप प्रतियोगितामा डिशहोमको सहभागिता

स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगितामा डिशहोम सहभागि हुने भएको छ । स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगिता स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुप नेपालले यस क्षेत्रमा ल्याएको नेपाल क्षेत्रीय प्रतियोगिता हो ।

स्थानीय नव प्रबर्द्धनलाई विश्वव्यापी प्लेटफर्ममा पुग्न प्रोत्साहित गराउँने यो विश्वव्यापी प्रतिष्पर्धा हो । जसले विश्वव्यापी स्टार्टअपहरूलाई भेट्ने अवसर प्रदान गर्दछ ।

यस प्रतियोगिताले विश्वभरिका नयाँ सम्झौताहरूमा पहुँच प्रदान गराउँनुका साथै लगानीकर्ताहरू र कर्पोरेट प्रतिनिधिहरूसँग नेटवर्क निर्माण गर्न मद्दत पुर्याउँदछ ।

त्यस्तैगरी कर्पाेरेट कम्पनीहरू, लगानीकर्ताहरू यस प्रतियोगिताका सहभागी हुन नेटवर्किङको फाइदाहरू र लगानीका अवसरहरूको साथै विभिन्न क्षेत्रका विज्ञहरूसँग भेट्न सक्नेछन् । यीनै कुरालाई मध्येनजर गर्दै डिशहोमले पनि यस प्रतिष्पर्धामा आफ्नो सहभागिता जनाएको छ ।