म्याकबुक एयर आगामी जुलाई १५ देखि विक्रि हुने भएको छ । ल्यापटपको भोलि अर्थात जुलाई ८ बाट प्रिअर्डर पनि सुरु हुनेछ ।
एप्पलको यो ल्यापटप कम्पनीको अपडेट गरिएको एमटू चिपसेटमा चल्ने गर्दछ । यसलाई एप्पल सिलिकन चिप भनिन्छ । यसमा एआई, सिपियू, जिपियू प्रोसेसर एकीकृत गरिएको छ ।
दुईवर्ष भित्रमा एप्पलले इन्टेल चिप सेटको प्रयोग पूर्ण रुपले छाँडने लक्ष्य राखेको छ । यसले ३५ प्रतिशत छिटो जिपियू परफोरमेन्स दिने गर्दछ । म्याकबुक एयरमा १३.६ इन्चको लिक्वीड रेटिना रहेको छ ।
यसको स्क्रीन पहिलेको भन्दा २५ प्रतिशत बढि उज्यालो रहेको छ । यसमा १०८० पिको वेबक्याम। चर ओटा स्पीकर साउण्ड सिस्टम, टचआईटी र फ्यानलेस इन्टेरियर डिजाइनज पनि रहेको छ । यसले १८९ घण्टाको भिडियो प्लेब्याक दिने गर्दछ । यो नयाँ ल्यापटपको मूल्य १,१९९ अमेरिकी डलरमा तोकिएको छ ।
एमटू चिपसेट १३ इन्चको म्याकबुक प्रोमा पनि प्रयोग गरिने छ । यसमा एट कोर सिपियू र १० कोर जिपियू हुनेछ । यसले २४ जीबी र्याम र २ टेराबाईटसम्मको स्टोरेज सपोर्ट गर्नेछ ।