कीवर्डहरू -

अब वेबसाइटबाटै कोरियन भाषा परीक्षाको अभ्यास गर्न सकिने, यस्तो छ तरिका 

अब वेबसाइटबाटै कोरियन भाषा परीक्षाको अभ्यास गर्न सकिने, यस्तो छ तरिका 

कोरियन भाषा पढ्ने विद्यार्थीहरुले अब वेबसाइटबाटै परीक्षाको अभ्यास गर्न सक्ने भएका छन् । परीक्षाको अभ्यासका लागि ईटहरी घर भएका सिस्टम इन्जिनियर गजेन्द्र गजमेरले यूबीटी भर्चुअल टेष्ट डटकम वेबसाइट निर्माण गरेका हुन् ।

दक्षिण कोरियामा ५ वर्ष काम गरेर नेपाल फर्किएका गजमेरले विकास गरेको वेबसाइटबाट सजिलै कोरियन भाषा परीक्षाको अभ्यास गर्न सकिने छ भने कोरिया जानेहरूका लागि पनि सजिलो हुनेछ ।

सो सफ्टवेर बाट युबीटी र सीबीटी दुवै किसिमको परीक्षागरूको विभिन्न तहको अभ्यास गर्न सकिन्छ । अभ्यास गरेपछि त्यसको नतिजा र र्‍याकिङ पनि उपलब्ध हुनेछ । अभ्यासका लागि ३ वटा प्याकेज छुट्याइएको छ, जसमा स्टार्टअप, सिल्भर र गोल्ड रहेका छन् ।

स्टार्टअप प्याकेजको शुल्क १२०० रूपैयाँ, सिल्भरको १६०० रूपैयाँ र गोल्डको २ हजार रूपैयाँ शुल्क तोकिएको छ । स्टार्टअप प्याकेज ३ महिना, सिल्भर ६ महिना र गोल्ड १ वर्षसम्म प्रयोग गर्न सकिने छ ।

त्यस्तै स्टार्टअप प्याक लिएकाले इमेलबाट मात्रै सपोर्ट पाउने छन् भने सिल्भर र गोल्ड प्याक लिएकाले इमेलका साथै फोन र ह्वाट्सएपबाट पनि सपोर्ट पाउने छन् ।

सफ्टवेयर बिक्री गर्दा आएको रकमबाट प्रति व्यक्ति २०० रपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाइ दान गर्ने र प्रति व्यक्ति १०० रूपैयाँ विदेशमा गएर विभिन्न कारणले दुख पाएकाहरुलाई सहयोग गर्न एउटा भलाई कोष खडा गर्ने उनको भनाइ छ । अब अभ्यासका लागि मोबाइल एप समेत ल्याउने तयारी छ ।