चार ओटा एन्ड्रोईड एपले हजारौँ एन्ड्रोइड डिभाइसहरुलाई मालवेयर संक्रमण गरिरहेको थाहा भएपछि गूगल प्ले स्टोरबाट हटाइएको हो ।
यी एपहरु एकीकृत रुपमा एक लाख भन्दा बढी डाउनलोड भइसकेको पाइएको छ । यी चार ओटा एप प्राडिओमा रहेका साइबर सुरक्षा अन्वेषकहरले पत्ता लगाएका हुन् ।
यी एपहरुले जोकर मालवेयर पठाईरहको पाइएको छ । अन्वेषकहरुले मालवेयर पाएपछि तुरुन्तै गूगललाई जानकारी गराएका थिए र गूगलले प्लेस्टोरबाट सो एपहरुबाटछ हटाईदिएको छ ।
गूगलले स्मार्ट एसएमएस मेसेजेज, ब्लड प्रेसर मनिटर, भ्वाइस लैंग्वेज ट्रान्सलेटर र क्वीक टेक्स्ट एसएमएस एप हटाएको छ । गूगलले यी एप डाउनलोड गरेका प्रयोगकर्तालाई तुरुन्तै आफ्नो डिभाइसबाट एप हटाउन समेत आग्रह गरेको छ ।
यी एपहरुलाई कुनै समयमा मालवेयरमा परिमार्जन गरिएको हो भनेर अन्वेषकहरुले पनि पत्ता लगाउन सकेका छैनन् । जोकरले विशेषगरी विज्ञापन र एप भिनै कुनै सामानमा ठगी गरेर कमाउने गर्दछ तर यसले यति मात्रै नगरेर तपाईको डिभाइसमा अरु एपहरु प्नि आफै इन्स्टल गरिदिन सक्छ ।