कीवर्डहरू -

अनलाइनमा गाली बैइज्जती गरे जापानमा अब एक वर्षसम्मको जेल सजाय हुने

अनलाइनमा गाली बैइज्जती गरे जापानमा अब एक वर्षसम्मको जेल सजाय हुने

जापानको साइबर उत्पीडन कानूनलाई परिमार्जित गरेसँगै अनलाइनमा गालीबैइज्जती गरेमा एक वर्षसम्मको जेल कारवाही हुने सक्ने भएको छ ।

सन् २०२० मा रेसलर तथा टेरेस हाउसकी नायिका हाना किमुराले अनलाइनमा एक व्यक्तिले घृणादायक मेसेजहरु पठाएपछि आत्महत्या गरेकी थिइन् र त्यो समयमा ती उत्पीडकले ८१ डलर जरिवाना मात्रै तिर्नुपरेको थियो र जेल पनि जानु परेको थिएन् ।

त्यही घटनालाई प्राथमिक्तामा लिएर जापानको साइबर उत्पीडन कानूनलाई परिमार्जित गरिएको हो । अब साइबर उत्पडिन गरेमा एक वर्ष जेल सजायसँगै जापानमा २ हजार २०० डलर सम्मको जरिवाना तिर्नुपर्ने हुनसक्छ ।