कीवर्डहरू -

आईटी ओलम्पियाड नेपाल आयोजना हुँदै

आईटी ओलम्पियाड नेपाल आयोजना हुँदै

आइटी ओलम्पियाड नेपाल र सजिलो पेको  प्रमुख आयोजनामा  दोस्रो आइटी ओलम्पियाड प्रतियोगिता २०२२  आयोजना हुने भएको छ ।

विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन हौसला पुग्न सक्ने अनुमान गरिएको उक्त कार्यक्रम असार २५ गते शुरु भई साउन  १४  गते सकिने छ।

कुनै पनि शुल्क नतिरी प्रतिष्पर्धामा उपस्थित हुन पाउने उक्त कार्यक्रम नेपालका विद्यालायहरुको  शैक्षिक गुणस्तर मापन गर्ने एउटा आधार समेत बन्ने  कुरा विज्ञहरु बताउँछन् ।

कार्यक्रममा पूर्व संचार तथा प्रविधि मन्त्री गणेश शाह, आईओई त्रिभुवन विश्वविधालयका प्राध्यापक डा. सुवर्ण शाक्य, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, नेपाल टेलिकमका हरि प्रसाद बस्याल र विज्ञान तथा प्रविधि शाखा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक नवराज पौडेलको बोर्ड अफ ट्रस्टि रहेको उक्त कार्यक्रम नेपालका सातै प्रदेशमा अनलाईन माध्यमबाट हुँदैछ ।

राष्ट्रिय स्तरको प्रतिस्पर्धा उक्त कार्यक्रममा  विभिन्न माध्यमिक विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई प्रतिष्पर्धा गराउन सक्ने छन् भने आफ्ना विधार्थीहरुलाई  प्रविधिको उपयोग र विकासमा समावेश गराई आफ्नो विद्यालयको नाम चिनाउनुका साथै प्रविधिको नविनतामा अग्रसर हुन सक्ने आइटी ओलम्पिएड  नेपालका अध्यक्ष शंकर प्रसाद शर्माले बताए ।

हरेक प्रदेश बाट एक-एक ओटा विद्यालयलाई प्रतिनिधित्व गर्दै उत्कृस्ट सात प्रदेशका ७ विद्यालयका विद्यार्थीहरु राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पुग्ने र विद्यार्थीले विभिन्न पुरस्कार तथा राशि पाउनुका साथै राष्ट्रिय परिचय बनाउन समेत सफल हुनेछन् ।

परीक्षाले मापन गरिदै आइएको शिक्षा प्रणालीलाई थप प्रयोगात्मक र उपयोगी बनाउन सहयोग पुर्याई प्रविधिमा फड्को मार्ने उदेश्यले शुरु गरिएको कार्यक्रम विभिन्न विद्यालयहरुमा संचालन हुनेछ ।

विद्यालयबाट छानिएका उत्कृष्ट दुई प्रतिस्पर्धी प्रदेश स्तरको प्रतिस्पर्धामा एउटै टिम भई आफ्नो विद्यालयको प्रतिनिधित्व गर्नेछन् । कार्यक्रमलाई नेपाल दुरसंचार प्राधिकरण, नेपाल टेलिकम र आदिम कलेजले प्रायोजन गरेका छन् ।