कीवर्डहरू -

 फेसबुकबाट सबैभन्दा बढी साइबर अपराध

 फेसबुकबाट सबैभन्दा बढी साइबर अपराध

काठमाडौं। सामाजिक साञ्जालको दुरुपयोग गरि विभिन्न  साइबर अपराध का घटना हरु भईरहदा  फेसबुकबाट सबैभन्दा बढी साइबर अपराधका घटना घटने गरेका छन। प्रहरी प्रधान कार्यालयका अनुसार यो आर्थिक बर्ष साउन बाट ८५२ वटा साइबर अपराधका घटना फेसबुक बाट भएका छन।ति मध्य १७ वटा घटनामा संलग्न अभियुक्त बिरुद्ध  कानुनि कारबाहि भएको छ।

त्यसैगरी फेसबुक पछी म्यासेन्जर, वेबपेज ग्रुप, अनलाइन, भाईबर, ट्विटर र इमो रहेका छन। केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखा बाट प्राप्त तथ्याङक बाट यो आर्थिक बर्षमा म्यासेन्जर बाट ४९, युट्युबाट १९, अनलाइन वेबपेज बाट १०, इमो बाट ८, इन्टाग्राम बाट ८, भाइबर बाट ४,म ट्विटर बाट २ र अन्य पाँचवटा गरि वेबपेज तथा एप प्रयोग भएका छन।

महिला तथा बालबालिका माथि यौन दुर्व्यवार, अश्र्लील चरित्र हत्या, ठगी र धम्कीका घटना बढी हुने गरेका छन। यो सात महिना को समयमा ९५० वटा साइबर मुद्दा का घटना दर्ता भएका छन।