कीवर्डहरू -

मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्न प्राधिकरणले ल्यायो एकीकृत प्रणाली, कसरी हुने सहभागी ?

मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्न प्राधिकरणले ल्यायो एकीकृत प्रणाली, कसरी हुने सहभागी ?

मोबाइल सेवाको गुणस्तर मापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टिग्रेटेड प्लेटफर्म सुचारु गरेको छ । यस एकीकृत प्लेटफर्मबाट मोबाइल सेवाका ग्राहकहरुले मोबाइल एप, वेबसाइट, युएसएसडी र आईभीआर जस्ता विभिन्न माध्यमबाट गुणस्तर सर्वेक्षणमा सहभागी हुन सक्ने छन् ।

गुणस्तर सर्वेक्षणमा प्राप्त प्रतिक्रियाहरुलाई एकीकृत प्रणालीमा विश्लेषण गरी प्रतिवेदन तयार गर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ ।

मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि निर्माण भएको ‘NTA QoE Survey’ नामक मोबाइल एप प्ले स्टोरमा उपलब्ध रहेको छ । सो एप डाउनलोड गरी एपमा रजिष्ट्रेसन गरेर मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ ।

त्यस्तै मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि निर्माण भएको वेबसाइट https://qoe.nta.gov.np मा उपलब्ध रहेको छ । यसमा मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने छ ।

मोबाइल फोनमा *३४५६७# डायल गरी तथा मोबाइल फोनमा ३४५६७ डायल गरी सोधिएका प्रश्नहरु सुनेर सेवाग्राहीहरुले आफ्नो अनुभुति सम्बन्धमा डायल प्याडमा प्रतिकृया जनाई मोबाइल सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिने प्राधिकरणले जानकारी दिएको छ ।