कीवर्डहरू -

एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार गर्दै टेक वेबिनार नेपाल

एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार गर्दै टेक वेबिनार नेपाल

टेक वेबिनार नेपालले एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार आयोजना गर्ने भएका छ । आइतबार २४ जुलाईमा हुन गईरहेको सो कार्यक्रम बेलुकाको ६ बजे देखि सुरु हुनेछ ।

यो टेक वेबिनार नेपालको ४५ औँ श्रृखंला हो । यस कार्यक्रममा एजुरे डेटा ब्रिक्सको बारेमा छलफल गरिनेछ । त्यस्तै बिग डेटा भनेको के हो ? डेटा इन्जिनियरिङ के हो र डिस्ट्रीबयुटेड सिस्टाम के हो ? भन्ने बारे पनि छलफल गरिनेछ ।

लोड डेटा फ्रम सिएसभी एण्ड जेएसओएन पनि छलफलको विषय रहेको छ । कार्यक्रममा स्पार्क एसक्युएल प्रयोग गरेर डेटा परिवर्तन कसरी गरिन्छ भन्ने बारेमा पनि छलफल गरिने भएको छ । यो सँगै अरु विभिन्न प्राविधिक विषयहरुमा पनि छलफल गरिनेछ जसको बारेमा यहाँ क्लिक गरेर बुझ्नुहोस् ।

एजुरे डेटाब्रिक्स विषयमा वक्ताको रुपमाा प्रुडेन्सियल एस्सयोरेन्स कम्पनी, सिगांपोरका वरिष्ठ डेटा इन्जिनियर मारटाण्ड सिहं रहेका छन् ।

त्यस्तै लिडभेन्चेर इन्डियाकी प्रमुख सफ्टवेयर इन्जिनियर सुस्मिता मिश्रा अर्काे वक्ताको रुपमा रेडिस एण्ड क्याप थियोरमबारे बताउनेछिन् । कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरि फर्म भर्नुहोस् ।