सामसङले आफ्नो आगामी ग्यालेक्सी एस फ्ल्यागशीपको विश्वव्यापी फोनमा एक्सीनोस चिप प्रयोग नगर्ने भएको छ । एक्सीनोस चिप सामसङको आफ्नै चिप हो ।
कम्पनीले ग्यालेक्सी एस सिजिका लागि क्वालकमकै सिंगल सोर्स चिप प्रयोग गर्ने भएको छ । अहिलेसम्म कम्पनीले आफ्नो फोनमा दुवै क्वालकम र एक्सीनोस चिप प्रयोग गर्दै आएको छ ।
क्वालकमले एप र गेमहरुमा राम्रो अनुभव दिएको पाइएको छ । एक्सीनोस चिप राम्रो भन्दै आएता पनि अब कम्पनीले वास्तविकतालाई अंगाल्ने सोचेको छ ।
त्यस कारण फेरि कम्पनीले क्वालकम नै प्रयोग गर्न थालेको हो । अहिलेसम्म एन्ड्रोइड बजारमा क्वालकमले नै वर्चस्व जमाएको छ ।