कीवर्डहरू -

भविष्यको आईफोन पानी मुनी वा वर्षा हुँदा पनि चलाउन सकिने

भविष्यको आईफोन पानी मुनी वा वर्षा हुँदा पनि चलाउन सकिने

यो सुन्दा तपाईलाई अचम्म लाग्ला तर भविष्यको आईफोन पानी मुनी वा वर्षा हुँदा पनि चलाउन मिल्ने भएको छ । कम्पनीले हालै यसका लागि नयाँ प्याटेन्ट दर्ता गरेको छ ।

एप्पलले यो प्याटेन्ट यूएस प्याटेन्ट र ट्रेडमार्क अफिससँग मिलेर दर्ता गरेको हो । यो फिचर चाँडैनै आईफोनमा आउने आशंका गर्न सकिन्छ । यो प्याटेन्टका अनुसार एप्पलले स्क्रीनमा मोइस्चरलाई सपोर्ट गर्ने देखिन्छ ।

सेन्सरले गर्दा पानीको थोपाले कुनै ठाउँमा क्लिक हुने जस्ता समस्या पनि हुँदैन् । यति मात्रै नभएर आईफोनको क्यामेरा पनि घाम, पानी मुनी, छायासबै ठाउँमा चल्ने किसिमको बनाइने भएको छ ।

पानीमा चलाउँदा कुनै पनि किसिमको यूआई नचल्ने कम्पनीको भनाई छ । पानी प्रतिरोधात्मक क्षमता भन्दा बढि भएमा आईफोनले यसबारेमा पनि जानकारी दिनेछ ।