कीवर्डहरू -

अमेरिकाले टिक टक लाई ६५ करोड जरिवाना तिरायो

अमेरिकाले टिक टक लाई ६५ करोड जरिवाना तिरायो

काठमाडौं। विश्वमा भिडियो सेयरिङ गरेर चर्चा कमाइरहेको एप टिक टक लाई अमेरिकाको संघिय वित्त आयोगले १३ बर्ष मुनिका बच्चाहरु सम्बन्धी तथ्य अवैधानिक रुपमा संकलन गरेको भन्दै ६५ करोड जरिवाना तिराएको छ। विश्वमा धेरै प्रयोगकर्ता भएको  टिकटक एप नेपालमा पनि चर्चित छ।

अमेरिकाको संघिय वित्त आयोगले अहिलेसम्म संकलन गरेका बालबालिकाको तथ्याङक समेत डिलेट गर्न समेत भनेको छ।अब अमेरिकामा यो एप खोल्दा प्रयोगकर्ताले आफ्नो उमेर भेरिफाई गर्नुपर्नेछ।  टिकटक एपका अमेरिकामा ६५ मिलियन प्रयोगकर्ता मध्य  धेरै न्युन उमेर समुहका  प्रयोगकर्ता रहेका छन।