कीवर्डहरू -

सन् २०२२ को पहिलो त्रैमासमा सामसङ सबैभन्दा बढी फोन बिक्री गर्न सफल, शीर्ष पाँचमा कुन कुन छन् ?

सन् २०२२ को पहिलो त्रैमासमा सामसङ सबैभन्दा बढी फोन बिक्री गर्न सफल, शीर्ष पाँचमा कुन कुन छन् ?

सन् २०२२ को पहिलो त्रैमासिकमा सबैभन्दा सफलता पाउने स्मार्टफोनको रुपमा दक्षिण कोरियाली टेक जायन्ट सामसङ ठहरिएको छ । कम्पनीले विश्वव्यापी बजारको २३.४ प्रतिशत मार्केट ओगट्न सफल भएको हो ।

दोस्रो स्थानमा एप्पल रहेको छ । कम्पनीले विश्वव्यापी बजारको १८ प्रतिशत मार्केट ओगट्न सफल भएको हो ।

सामसङले पहिलो त्रैमासिकमा ७३ मिलियन फोन विक्री गरेको थियो भने एप्पलले ५६ मिलियन आईफोन विक्री गरेको थियो । हरेक वर्ष एप्पलको २.२ प्रतिशतले वृद्धि भईरहेको पाइएको छ ।

अरु शीर्ष पाँच स्थानमा चिनियाँ कम्पनी साओमी, ओप्पो र भिभो रहेका छन् । एप्पलले अरू ब्राण्डको तुलनामा महँगो र कम प्रकारको फोनहरु विक्री गरिरहे पनि दोस्रो स्थानमा आईरहनु भनेको प्रशंसनीय नै देखिन्छ ।