कीवर्डहरू -

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त

आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन ।

उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ ।

माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यस कम्पनीले महत्वपुर्ण योगदान दिएको छ । सन् २००१ मा स्थापना भएको आइएमई जनरल इन्सुरेन्स कम्पनी उत्कृष्ट विमा कम्पनीको रुपमा परिचित छ ।

२ अर्बको चुत्ता पुजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचत व्यत्ति तथा समुहरुको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरुमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्ण प्रसाद शर्मा रहेका छन् ।