कीवर्डहरू -

जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको पहिलो रंगीन तस्बिर खिच्न सफल

जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको पहिलो रंगीन तस्बिर खिच्न सफल

जेम्स वेब स्पेस टेलिस्कोपको ईमेजले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य खिचेको छ । १४ वर्षदेखि टेलस्कोपको विकास र ६ वर्षदेखि क्यालिब्रेसन पछि जेम्स वेब स्पेस टेलिस्कोप ब्रह्माण्डको तथ्य पत्ता लगाउन तयार भएको हो ।

सोमबार अमेरिकी राष्ट्रपति जो बाईडेन र नासाले स्पेस टेलिस्कोपबाट पहिलो रंगीन ईमेज सेयर गरेका थिए, जसले ब्रह्माण्डको सुरुवाती दिनहरु देखाएको छ ।

नासाको अनुसार ईमेजको नाम वेब्स फर्स्ट डिप फिल्डले एकदमै टाढाको र गहिरो भागको फोटा देखाएको छ । फोटोमा देखिएको ब्रह्माण्ड ब्रह्माण्डहरुको क्लस्टर हो र यसको नाम एसएमएसिएस ०७२३ रहेको छ र यो ब्रह्माण्ड ४.६ अर्ब वर्ष अगाडि रहेको थियो ।

फोटोमा रहेका केही ग्यालेक्सीहरु अहिलेसम्म पनि देखिएका थिएनन् र त्यसको बारेमा वैज्ञानिकहरुले गहन अध्ययन गर्ने निर्णय लिएका छन् ।