कीवर्डहरू -

अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अब अनलाइनबाटै गर्न सकिने

अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अब अनलाइनबाटै गर्न सकिने

एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई लक्षित गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर कर्पोरेशनसग द्विपक्षीय समझदारी गरेको छ ।

यो समझदारीसँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १,७०० भन्दा बढी शैक्षिक संस्थाहरूमा भुक्तानीको लागि नेपालको एक मात्र बैंक भएको छ ।

नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अस्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।